असार, २१ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार स्थिर भएको छ । दिनभर उतारचढाव भएको नेप्से ०.०६ अंकको सामान्य गिरावट भएर २०४९.३८ को विन्दुमा पुगेर बन्द भएको हो ।
नेप्से दिनभर जस्तो रातो देखिएपनि करिब २ बजेपछि भने उचारचढाव देखिएको थियो । अन्तिममा सामान्य गिरावट भएर बन्द भएको हो ।
नेप्सेमा उतारचढावबीच ३ अर्ब माथिको कारोबार भएको छ । ६९ हजार ६५५ वटा कारोबारमा ९७ लाख ५१ हजार ९८५ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ७ करोड ७५ लाख रुपैयाँको किनबेच भएको हो ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेप्सेमा बिहीबार कुल २२५ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १२७ कम्पनीका सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ९० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com