असार, २१ । भारतीय टी-ट्वान्टी टोलीमा कप्तान रोहित शर्मा र पुर्व कप्तान विराट कोहली अटाएनन् । वेस्ट इन्डिजसँगको पाँच खेलको टी(ट्वान्टी सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ । हार्दिक पान्ड्याको कप्तानीमा १५ सदस्यिय भारतीय टोलीको घोषणा भएको हो । सोही टोलीमा कोहली र रोहित नअटाइएको हो ।
युवा ब्याटरहरु यशस्वी जैसवालले पहिलो पटक टी-ट्वान्टी टोलीमा स्थान बनाएका छन् । तिलक वर्माले वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टोलीमा पहिलो पटक समावेश भएका छन् ।
टेस्ट तथा ओडीआई टोलीमा समेत रहेका मुकेश कुमारलाई टी-ट्वान्टी अन्तर्राष्ट्रिय टोलीमा समेत समावेश गरिएको छ । सन्जु सामसन विकेटकिपरको रुपमा टोलीमा पुनरागमन गरेका छन् ।
घरेलु मैदानमा न्युजिल्यान्डविरुद्धको पछिल्लो शृंखलामा ब्याकअप विकेटकिपरका रुपमा रहेका जितेश शर्माका टोलीमा स्थान पाएका छैनन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com