सोलुखुम्बु । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको मनाङ एयरको लिखुपिके गाउँपालिकाको लामजुरामा डाँडामा दुर्घटनामा परेको छ । लामजुरा जीरी–खुम्बु पदमार्गको मुख्य रुट अन्तर्गत गर्दछ ।
सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सीमानामा पर्ने लामजुरामा करिव सवा १० बजे दुर्घटनामा परेको हो । लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले दुर्घटनाको पुष्टि गर्दै हेलीकोप्टर आगोलागि भई क्षतविक्षत अवस्थामा फेला परेको जानकारी दिएकी छिन् ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए । मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । त्यस्तै, ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए । उनीहरु लुक्लाको मौसम खरवा भई जहाज अवतरण गर्न नसकेपछि हेलीकोप्टर चार्टर गरि काठमाडौँ फर्कँदै थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com