असार, ३० । दक्षिण कोरियामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढिले हजारौं परिवार विस्थापित भएका छन् । दक्षिण कोरियामा लगातार तीन दिनसम्म पानी परेको थियो भने बाढिले देशका विभिन्न ठाउँमा पहिरो, विद्युत अवरुद्ध र कतिपय भौतिक पूर्वाधार क्षति भएका छन् ।
शनिबार सबेरै मध्यउत्तरी क्षेत्रको चुङचेओङ प्रदेशस्थित एक बाँध भरिएर पानी खस्दा त्यहाँ १० जना हराइरहेका छन् भने अरु धेरै घाइते भएका कोरियाली समाचार एजेन्सी योनहापले जनाएको छ ।
हजारौं नागरिक स्थानीय सरकारको निर्देशनपछि घर खाली गरेर सुरक्षित स्थानतर्फ गएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com