साउन, ५ । गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । घाँस काट्न गएको समयमा गैंडाको आक्रमणमा परि रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
अधिकारी बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको समयमा बिहिबार दिउँसो गैंडाले आक्रमण गरेको थियो । घाँस काट्न जंगल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जंगलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको हो । जंगली जनावरको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरको क्षेत्रमा गत आर्थिक वर्षमा मात्रै ७ जनाको मृत्यु भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com