साउन, ९ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजका विद्यार्थी आन्दोलित भएका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज कलेज अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘विद्यार्थी शोषण बन्द गर’, ‘अतिरिक्त शुल्क लिन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
एमबीबीसीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको आन्दोलनकारी विद्यार्थीको भनाई रहेको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com