साउन, ११ । नेपाल विद्यार्थी संघका नेता विनोद शाही राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त भएका छन् ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय युवा परिषद्को अध्यक्षको बुधबारको निर्णयले नेता शाहीलाई परिषद्को सदस्यमा नियुक्त गरिएको हो ।
राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा (५)को उपदफा (४) अनुसार शाहीलाई नियुक्त गरिएको हो । शाहीको पदावधि ४ वर्षको रहनेछ ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ का शाहीले नेविसंघमा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com