साउन, ३२ । इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानको अपमान गरिएको भन्दै पाकिस्तानको पन्जाब प्रान्तस्थित एउटा सहरमा हजारौँ मानिसहरूले कम्तीमा चारवटा गिर्जाघरमा आगजनी र इसाईहरूका केही घरमा तोडफोड गरेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार जरान्वाला सहरस्थित ती गिर्जाघरसँग जोडिएका एक दर्जनजति भवनमा पनि क्षति पुगेको छ।
ती घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १०० जनाभन्दा बढीलाई हिरासतमा लिएको छ र हिंसाबारे अनुसन्धान थालेको छ।
प्रहरीका अनुसार जरान्वालामा स्थिति तनावपूर्ण छ। गिर्जाघरको भग्नावशेषलाई काँडेतार लगाएर घेरिएको छ।
जरान्वाला पर्ने फैसलाबाद जिल्लामा सात दिनका लागि मानिसहरू सार्वजनिक स्थानमा भेला हुन नपाउनेगरी निषेधाज्ञा जारी भएको छ।
इस्लाम धर्मको पवित्र धर्मग्रन्थ कुरान च्यातेको आरोप लागेका दुई व्यक्ति अझै पक्राउ परेका छैनन्। तर उनीहरूविरुद्ध ईशनिन्दाको अभियोग लगाइएको छ। bbc
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com