काठमाडौं, २१ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका तथा चीन भ्रमणका बारेमा छलफल हुने भएको छ ।
संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध तथा पर्यटन समितिमा प्रधानमन्त्री प्रचण्डको अमेरिका– चीन भ्रमणका बारेमा छलफल हुने भएको हो ।
सो समितिकी सचिव बबिता मिश्रका अनुसार बैठक बिहान १०ः३० बजे बोलाईएको छ ।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका जाँदैछन भने त्यहाँवाट सोझै उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कने छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com