काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणको विषयलाई लिएर सर्वदलीय बैठक राखेर सुझाव लिएका छन् ।
आइतबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्डले ससदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरु, परराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग छलफल गरेर सुझाव लिएका हुन् ।
सो क्रममा प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणका क्रममा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com