काठमाडौँ । हाट अट्याक अर्थात हृदयघात । जसले मानिसलाई एकाध घण्टा पनि भन्न दिँदैन । यस्तै आक्रमणको सिकार बने सुभाष नेम्वाङ । नेपाली राजीतिका लोकप्रिय, कसैसंग नविझाउने, विपक्षी दलका नेताहरुको पनि प्रिय पात्र, हरेक अप्ठेरो र विवादहरुमा शिर्ष नेताहरुलाई समाधानको विकल्प दिन सक्ने नेता थिए सुवासचन्द्र नेम्वाङ । शालिन भ्रद, विनम्र यो अनुहार संधैका लागि ढलेको छ ।
जनताद्धानरा लेखिएको नेपालको पहिलो संविधान २०७२ को नेतृत्वकर्ता संविधानसभा अध्यक्ष नुवास नेम्वाङको अप्रत्याशित अवसानले आज देश शोकमा डुबेको छ । सबै दलले मन पराउने नेकपा एमालेमा त्यस्तो कुनै सर्वस्वीकार्य नेता थिए भने त्यो सुवास नेम्वाङ निसन्देह नाम हो । गएराती १ः३० बजे शौचालयमा ढलीरहेको अवस्थामा परिवारका सदस्यले उद्धार गरि अस्पताल पुर्याएका उनलाई केही मिनेटमै मृत घोषणा गर्याे । चिकित्सकहरुका अनुसार अस्पताल पुर्याउनु अगावै निधन भएको थियो । करिव १ः५० बजे मा मृत घोषणा गरियो ।
त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल पुगे । उज्यालो हुँदासम्म अस्पतालमा नेता कार्यकर्ता र आफन्तजनहरुको भीड बढ्दै गयो । आम नेपाली जनताको विहानी अशुभ खबरबाट सुरु भयो । धेरैले यो खबरलाई झुट भने । पत्याउन नसकेको प्रतिक्रिया दिई सामाजिक संजालहरुमा नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरे । भर्खरै उनको पार्थिव शरिर पार्टी कार्यालय च्यासलमा पुर्याइएको छ । आज दिनभर उनको पार्थिव शरिर श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राख्ने तयारी छ र दाहसंस्कार बुधबार मात्रै गर्ने एमालेले प्रारम्भीक तयारी गरेको छ । एमाले पार्टीका उपाध्यक्ष नेम्वाङ आगामी पार्टी नेतृत्वको नजरबाट समेत धेरैले अपेक्षा गरिरहेका थिए ।
उनले संविधान निर्माण ताका दुवै संविधानसभाको नेतृत्व लिएका थिए । संविधान निर्माण दलहरुबीच देखिएका जटिल विवादमा पनि समाधान दिन सक्ने सामथ्र्य राख्दथे । त्यसैले शिर्ष नेताहरुले अहिले पनि नेम्वाङप्रति उत्तिकै गहिरो सम्मान व्यक्त गर्दछन् ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए । २०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।
उनी जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com