रौतहट, ३० भदौं । प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ नियन्त्रणमा लिइ मरासन्न हुने गरी कुटपिट भएको घटना सार्बजनिक भएको छ ।
ईप्रका विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ प्रहरी हिरासतवाट बाहिर निकाली निघार्त कुटपिट गरिएको हो ।
फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चौक मृत्यु भए पछि पक्राउ परेका ट्रक चालकलाइ निर्घात कुटपिट गरिएको हो ।
सो दुर्घटना परी निधनप्रति भएका प्रति दुःख व्यक्त सो क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रभु साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बलजब्ती बाहिर निकाली जंगलराजको शैलीमा निर्मम कुटपिटको निन्दा गरेका छन ।
उनले सो घटनामा संलग्न अपराधीहरुलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन सहित नेपाल सरकारसंग जोडदार मागसमेत गरेका छन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com