काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन आह्वान गरेका छन् । प्रस्तावित शिक्षाा विधेयकप्रति विरोध जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकलाई वार्तामा आउन मन्त्री राईले आह्वान गरेका हुन् ।
मंगलबार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न प्रयत्न भइरहेको जनाउँदै वार्तामा आउन आह्वान गरेका हुन् ।
ऐन कानुनविना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने जिकीर गर्दै उनले वार्तामार्फत समस्या समाधान गरिने बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com