काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै घट्दै १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com