झापा । जिल्ला प्रहरी कार्यालय झापाले बैंकिङ कसुरका दुई फरार अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । पक्राउ परेका मेचीनगर वडा नं १० की ३७ वर्षीया जुनु तिम्सिनालाई पाँच दिन र विर्तामोड वडा नं २ का ३१ वर्षीय शमशेर कन्दङ्वालाई सात दिनको कैद तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए ।
उच्च अदालत विराटनगरले अभियुक्त तिम्सिनालाई पाँच दिन कैद, रू पाँच लाख जरिवाना र रू २० हजार पीडित राहत कोषमा जम्मा गर्न गत जेठ ३१ गते फैसला गरेको थियो । सोही अदालतको इलाम इजलासले अभियुक्त कन्दङ्वालाई सात दिन कैद, रू सात लाख ५० हजार जरिवाना र रू ३० हजार पीडित राहत कोषमा जम्मा गर्न गत वर्षको असोज ५ गते फैसला सुनाएको थियो ।
शुक्रबार पक्राउ परेका दुवै अभियुक्तलाई झापा जिल्ला अदालतमा पेस गरी आज जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । आफ्नै भिनाजुको हत्यामा संलग्न बुद्धशान्ति गाउँपालिका–५ का ३५ वर्षीय रोशन अधिकारी पक्राउ परेका छन् । सूचना अधिकारी रिजालका अनुसार अभियुक्त अधिकारी कात्तिक २२ गते राति भिनाजु नाता पर्ने ४५ वर्षीय धनबहादुर कटुवाललाई घरायसी विवादमा खुकुरीले प्रहार गरेर हत्या गरी फरार भएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com