चैत, २ । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको रनेममा सरस्वती आधारभुत विद्यालयको तीन कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार पालिकाको १२ लाख ५० हजार लागतमा निर्माण हुने भवनको शुक्रबार पालिका अध्यक्ष असिम राईले शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यास गर्दै पालिका अध्यक्ष असिम राईले भौतिक संरचना संगै भविष्यका कर्णधार विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन शिक्षकहरुलाई निर्देशन दिनुभयो । आवश्यकताको आधारमा भौतिक संरचना निर्माणका लागि बजेट बिनियोजन गरिएको भन्दै अध्यक्ष राईले अपुग बजेट व्यवस्था हुनेभएकाले गुणस्तरीयतामा सम्झौता नगर्न पनि निर्माण समितिलाई निर्देशन दिनुभयो ।
कक्षा तीन सम्म पढाइ हुने उक्त विद्यालयमा ३८ जना छात्रछात्रा अध्ययनरत छन् । भौगोलिक हिसाबले नजिकै विद्यालय नहुँदा उक्त विद्यालयलाई कक्षावृद्धि गर्नुपर्ने स्थानीयबासीले माग राखेका छन् ।
यस्तै, सोही वडाको रनेममै शुक्रबार त्रिवेणी जनसुधार युवा क्लव भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले उक्त भवनको शिलान्यास गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
वडाको रु। ३ लाख ५० हजार बजेट बाट उक्त भवन निर्माण गरिने वडा अध्यक्ष राजेश किराँतीले बताउँनुभयो । भवन निर्माण हुनेभएपछि स्थानीयबासी हर्षित भएका छन् । आफुले निर्वाचित गरेको जनप्रतिनिधिको सक्रियता देखेर यहाँका नागरिक खुसी भएका छन् । गाउँपालिका अध्यक्ष असिम राई शुक्रबारनै काठमान्डौबाट आएर उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष राजेशबाबु किराँती, वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की सहितको उपस्थिति रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com