राधा ढुंगाना
वैशाख, ५ । सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुमा नयाँ पिक पत्ता लागेको छ र त्यसको सफल आरोहण गरिएको छ । महाकुलुङ गाउँपालिकामा रहेको मेरापिक नजिक मुजाङ चुचुरोको नामले चिनिएको ५,७१० मिटर अग्लो पिक गएको अटम सिजनमा ५ आरोहीले प्रथम पटक मानव पाइला राखेका हुन् । र यो चुचुरोको नाम बेयुलकाङ नामाकरण गरेका छन् । सफल आरोहण दलमा जर्मनी र नेपाली नागरिकहरु थिए ।
महाकुलुङकै लामाबाबु शेर्पा, फुर्वा तेन्जी शेर्पा, नाम्गेल शेर्पा सहित जर्मनीका सिड जिम्मरम्यान, बेनेडिक्ट–सोनाम शुल्जेले आरोहण गरे । उनीहरुले गत नोभेम्बर १ मा बिहान ७ बजे शिखरमा चुमे । आठ सहभागी रहे पनि शिखरमा पुग्न ५ जना मात्रै सफल भएका थिए । उनीहरु ५ हजार मिटरको उचाइमा रहेको हाइक्याम्पबाट आइस र कडा चट्टान हरु छिचोल्दै छ घण्टा लगाएर बेयुलकाङमा पहिलो पटक मानव पाइला राख्न यो टोली सफल भए ।
यहाँबाट नौलेक पिक मेरापिक, सगरमाथा, चाम्लाङ, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घा लगायत दर्जनौँ हिम चुचुरोहरु देख्न सकिन्छ । यो पिक अन्य पिक भन्दा केही प्राविधिक रुपमा जोखिमयुक्त रहेको आरोही नाम्गेल शेर्पाले बताए ।
यो हिमाल मक्कालु–बरुण राष्ट्रिय निकुञ्जमा अवस्थित छ । नयाँ चुचुरो चुम्नका लागि भरिया, कुक र आधार शिविरका प्रबन्धकहरू सहित ३० जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेका थिए । बेयुलकाङको सफल आरोहणसंगै महाकुलुङको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने पर्यटन व्यवसायी समेत रहेका आरोही नाम्गेल शेर्पाले बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com