वैशाख, १६ । राष्ट्रिय नाँचघरमा गीतकार गीता खत्री साङ्गितिक साँझ आयोजना गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रम गीता खत्रीका बुबा कमलबहादुर खड्काले गणेश स्तुति भजन पाठ गरेर उद्घाटन गर्नुभएको थियो ।
साथै आमा मखमली खड्काले सफलताको शुभकामना दिनुभयो । यस कार्यक्रममा गीता खत्रीद्वारा रचिएका १६ वटा गीत प्रस्तुत भएका थिए । मेरो नेपाल बोलको गीत सामुहिक रुपमा प्रस्तुत गरिएको थियो भने पिरतीको फूल र किन आज उदास निशा देशार, तिमीसँग हाँस्छु, भरोसा छैन जीवनको र नजर पापी प्राश्ना शाक्य, राती फूल्ने फूल, र समय बगिरहेछ राज सागर, बाँझो खेतले बोलायोु हरि लम्साल, कसरी रिझाऊँ छिरिङ भुटिया, कुहिरोभित्र विश्व नेपाली, बादलुको घुम्टो परिधी परियार, गुंड रित्तो संजय तुमरुख, अँधेरी रात र बसिसक्यो तिमीसँग बानिका प्रधान र मखमली मखमली संजय तुमरुख र निशा देशारको स्वरमा प्रस्तुती रहेको राखिएको थियो ।
प्रस्तुत कार्यक्रमको वाद्यवाद्यकहरू राजु सिंह (संगीत संयोजक, दिनेश राज रेग्मी (किबोर्ड साथै सहायक संगीत संयोजक, रविन कार्की ( ढली,सोलो भाइलिन, सुरज प्रधान ( लिड गितार, कुशल थापा ( बेस गीतार, संजिव मैनाली ( बाँसुरी, सुधिर चौधरी (तबलारमादल, जेपि जोशी ( ढोलक, भुपेन्द्र रसाइली ( अक्टोप्याड को भूमिकामा रहेका थिए । बरिष्ठ गीतकारहरू, बरिष्ठ साहित्यकारहरू, गायक, संगितकार, नाटककार जस्ता विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थितिले हल खचाखच रहेको थियो । उक्त साँगितिक साँझमा प्रस्तुत भएका सबै गीतहरू स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, पविता परियार, हरि लम्साल, सिर्जना लामा, सपना श्री, दीपक लिम्बू जस्ता स्थापित गायकहरूको स्वरमा रेकर्ड भइसकेका छन् ।
भरोसा छैन जीवनको बोलको गीत त स्वयम् गीता खत्रीकै स्वरमा रेकर्ड भएको छ भने मखमली मखमली बोलको गीत गीताका पिता कमल बहादुर खड्का र गीता खत्रीको स्वरमा रेकर्ड भएको छ । यसरी प्रस्तुत भएका गीतहरू सुन्दैगर्दा कहिले रुवाए, कहिले हँसाए । माटोको माया, देशप्रेम, बुबाआमाको माया, प्रकृतिप्रेम, जीवनसाथीसंगको आत्मीयता, विश्वास अनि भरोसा, परदेशको कथा, घरदेश रित्तिँदै गरेको चिन्ता जस्ता विविध संवेदनाले ओतप्रोत भाव व्यक्त भएका यी गीतहरू मार्मिक विषय उठान गरेका छन् ।
कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले गीता खत्रीलाई रु १५००० नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए भने गीताका जीवन साथी राम खत्रीलाई पनि खादा मालाले सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा अहम् भूमिका निर्वाह गर्ने सबै कलाकारलाई कदर पत्र सहित सम्मान गरिएको थियो । बरिष्ठ फिल्म निर्देशक तथा साहित्यकार राजेन्द्र शलभको डिजाइनमा भएको उक्त कार्यक्रम सञ्चालकको भूमिकामा मन्दिरा ढुङ्गेल थिइन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com