वैशाख, २० । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आयोजनाको ठेक्का लिएर काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले सडक पुल आयोजनाको ठेक्का लिएर काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा सांसद सापकोटाले चीनसँग सिमा जोडिएको तातोपानी नाका पुग्ने र वार्षिक हजारौं पर्यटक हिँड्ने अरनिको राजमार्गमा वर्षातको बेला गाडी गुड्न नसक्ने अवस्था रहेको बताए । धुलिखेल खावा सडक अलपत्र परेको र निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई ध्यान दिन सांसद सापकोटाले आग्रह गरेका छन् ।
यसअघि पनि सांसद सापकोटाले बारम्बार संसद र समिति बैठकहरुमा यो विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । लामो समयसम्म पनि अरनिको राजमार्ग स्तरउन्नतीको काम नभएपछि सांसद सापकोटा समिति बैठकमा आक्रोसित बनेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com