जेठ, ९ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पाँच वर्षे रोजगार रणनीति तयार गर्ने भएको छ । आज बसेको गाउँ कार्यपालिकाको बैठकले पाँच वर्षे रोजगार रणनीति तयार गर्ने र सोही रणनीति आगामी गाउँसभाबाट पारित गर्ने निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
यस्तै, बैठकले रोजगार व्यवस्थापन सूचना प्रणाली बिकास गर्ने निर्णय पनि गरेको छ । जसबाट रोजगारीको खोजिमा रहेका र रोजगारदाताहरुको विवरण व्यवस्थापन हुने गाउँपालिकाले विश्वास लिएको छ ।
गाउँपालिकाको २०८०÷०८१ को निति कार्यक्रम तथा बजेटले निर्दिष्ट गरेबमोजिम प्रदान गर्दै आइरहेको रोजगारीको कामलाई थप प्रभावकारी बनाउने गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । यसको दीगोपनले आन्तरिक रोजगारी सृजना गर्दै विदेशबाट फर्कदा नागरिकले ल्याएका सीप पँुजिलाई उपयोगका साथै गाउँपालिका भित्रका बेरोजगार नागरिकलाई रोजगार प्रदान गरि स्वरोजगार बन्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com