जेठ, २४ । नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत ११ टन फोहर संकलन गरेको छ । सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले ५० दिनको अवधिमा ११ टन फोहर संकलन गरिएको जानकारी दिनुभयो । त्यस्तै ४ वटा शव र एक अस्थिपञ्जर संकलन गरिएको र आवश्यक कानूनी प्रक्रिया प्रश्चात शिक्षण अस्पतालमा पठाईएको उहाले बताउनुभयो । अभियान अन्तर्गत सेनाका १० जना, शेर्पाका १८ जना लगाएका टोली खटिएको पनि देउजाले बताउनुभयो । फोहरका अलावा हिमालमा लामो समयदेखि रहेका मानव शव संकलन निकै चूनौतिपूर्ण रहेको उहाको भनाइ छ ।
सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियानले हिमाली क्षेत्रलाई फोहरमुक्त बनाउन चेतना दिने विश्वास व्यक्त गर्नुभयो । उहाले आवश्यक परेको खण्डमा उच्च हिमाली क्षेत्रमा हुनसक्ने संकट तथा अन्य अवस्थामा परिचालन हुनुपरे सेनालाई आवश्यकता अनुसार तालिम पनि दिइएको बताउनुभयो । सफाइ अभियान सञ्चालन गर्नु जटिलका साथै शासहिक काम भएको र सेनाले सफलतापूर्वक सम्पन्न गर्न सफल भएको उहाले बताउनुभयो ।
उहाले जलवायु परिवर्तनको असर हिमालमा देखिएको र वातावरणलाई असर पुराइरहेको धारणा राख्नुभयो । कार्यक्रममा सफा हिमाल अभियानलाई सफल पार्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com