साउन, ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनेको बताउनुभएको छ । बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानको त्रैमासिक वैचारिक जर्नल बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सुशासनका लागि आफु नेतृत्वको सरकारले गरेको काम सह्य नभएकाले षडयन्त्र र अपारदर्शी ढंगले बिचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनेको बताउनुभएको हो ।
उहाले अहिलेको सरकारले बिचौलियाको हितमा नै काम गर्ने जिकिर गर्नुभयो । उहाले सरकार छाड्दा आफ्ना कुरालाई सशक्त रुपमा सदनमा राखेको र बिजेताका रुपमा बाहिर आएको उल्लेख गर्नुभयो । पछिल्लो समय बिभिन्न प्रकरणमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिदा नयाँ परिस्थीति सिर्जना भएको कुरा जनताले राम्रोसंग बुझेको उहाले बताउनुभयो । प्रचण्डले नकारात्मक परिघटनाबाट पार्टी पुननिर्माणका साथै पार्टी विस्तार गर्ने अवसर प्राप्त भएको पनि बताउनुभयो । उहाले संविधानमा जनताले प्राप्त गरेको उपलब्धी उल्ट्याउने खतरा रहेको भन्दै आवश्यक परे जनतालाई फेरि लिएर सडक र संसदबाट प्रतिवाद गर्ने स्पष्ट पार्नुभयो ।
त्यस्तै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारबाट बाहिर आएको अवस्थामा कुनै आक्रोशको ढंगले प्रस्तुत नहुने बताउनुभयो । उहाले वर्तमान सरकारले अहिलेको उपलव्धीलाई रक्षा गर्नुको साटो मुलुकलाई पश्चगमततर्फ लैजाने चर्चा हुन थालेको जिकिर गर्नुभयो । आफु र प्रचण्डबीच फाटो ल्याउने प्रयास गर्ने काम तीव्र हुन थालेको भन्दै कुनै भ्रममा नपर्न उहाले आग्रह गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com