साउन, ९ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।
बुधबार बिहान त्रिभुवन बिमानस्थलमा नै सो बिमान दुर्घटना हुदा १८ जनाको मृत्यु भएको थियो । मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ । मृतकको शवहरु पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने शिक्षण अस्पतालका फरेन्सीक बिभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिनुभयो । उहाले अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई समयमा नै सम्पन्न गर्ने बताउनुभयो ।
शिक्षण अस्पतालमा मृतकका परिवारहरु पुगेका छन् । उनीहरु अस्पताल परिसरमा भावविहोल अवस्थामा रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com