साउन, २९ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच कार्यसम्पादन सम्झौता भएको छ । थुलुङ दुधकोशी गाउँ कार्यपालिका ९कार्यसम्पादन० नियमावली, २०७४ को नियम १८ लाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न पालिका अध्यक्ष असिम राई र प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदिप राई बीच आज मंगलबार उक्त सम्झौता भएको हो ।
मंगलबार बसेको कार्यपालिका बैठकमा उक्त सम्झौता भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । यस्तै सोही बैठकले विद्यालय सहायक तथा विद्यालय सहयोगी कर्मचारी व्यवस्थापन कार्यविधि, २०८१ पारित गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले थुलुङ दुधकोशी गाउँपालिकाको स्थानीय दररेट, २०८१ स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।
यस्तै सार्वजनिक सडकमा परेको निजी जग्गाको लगतकट्टा कार्यविधि, २०८१ को दफा ३ र मालपोत नियमावली, २०३६ ९५० ९ग० बमोजिम गाउँपालिका लगतकट्टा समिति र सोही कार्यविधिको दफा १० बमोजिम गाउँपालिका अध्यक्ष असिम राईको संयोजकत्वमा गुनासो व्यवस्थापन समिति गठन गर्ने लगायतका निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन
गाउँपालिका अध्यक्ष असिम राईले पालिकामा कार्यरत कर्मचारीलाई प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । नागरिकलाई केन्द्रमा राखेर नियम कानुन बमोजिम गुनासोरहित ढंगबाट काम गर्न निर्देशन दिदै अध्यक्ष राईले सेवा प्रवाह सम्बन्धि कम्जरी भएको प्रमाणित भएमा कार्वाही गरिने समेत चेतावनी दिनुभयो ।
शाखा प्रमुख सहित नौ वटै वडाको विभिन्न करार पदमा कार्यरत कर्मचारीलाई कार्यालयमा बोलाएर अध्यक्ष राईले कार्यसम्पादन मुल्याङ्कनको आधारमा केही कर्मचारीको करार सम्झौता नगरिने भन्दै राम्रो काम गर्ने कर्मचारीलाई धन्यावद समेत दिनुभयो । कर्मचारीकै कारण सरकारको काम कार्वाही सम्बन्धि प्रश्न उठ्ने भन्दै उहाँले कसैले पनि नकरात्मक टिप्पनी हुने गरि काम गर्न नहुने बताउँनुभयो । छिटो छरितो तथा सहज ढंगबाट सेवा प्रवाह भएको खण्डमा मात्रै नागरिकले सरकारको अनुभुति गर्ने उहाँको भनाई छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com