हरियाली तीज आयो,
रातो सारी लाउहै आमा !!
असक्त भो शरीर पनि,
नबसहै ब्रत आमा !!
साथी संगी मिलिजुली,
हासी खुशी नाच्नु आमा !!
माईती घरको सम्झनामा,
नरोईकन बस्नु आमा !!
श्रीमानको दिर्घायु त,
मिठो माया दिए हुन्छ !!
खाली पेट ब्रत बसे,
आफैलाई हानी पुग्छ !!
शरीर पनि बुढो भयो,
दिनरात ढल्किसक्यो !!
जति सक्दो स्याहार गर्नु,
काल पनि पल्किस्क्यो !!
सधै भरी खोकी लाग्छ,
दम पनि बढ्दै छ रे !!
धर्म कर्म हैन आमा,
स्वास्थ्य जाच गर्नु छ रे !!
धर्म कर्म हैन आमा,
स्वास्थ्य जाच गर्नु छ रे !!
हरियाली तीज आयो,
रातो सारी लाउहै आमा !!
असक्त भो शरीर पनि,
नबसहै ब्रत आमा !!!
कबिता लेखक अमृता कार्की राष्ट्रसेवक कर्मचारी हुनुहुन्छ । हाल सोलुखुम्बु
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com