भदौ २३ । संघीय संसदको पूर्वाधार विकास समितिले समयमै निर्माणको काम नहुँदा जीर्ण बनेको धुलिखेल–खावा सडकको स्थलगत अनुमगन गरेकोे छ । समितिका सदस्य शंकर भण्डारीको नेतृत्वको टोलीले उक्त सडकखण्डको स्थलगत अनुगमन गरेको हो । धुलिखेल–खावाँ सडक अनुमगन पछि समिति सरोकारवाला निकाय सँग छलफल गरेको छ । धुलिखेल–खावाँ सडकको अनुगमनपछि सांसदहरुले ठेकेदारले काम नगरे ठेक्का रद्ध गर्न सडक बिभागलाई निर्देशन दिन सुझाव दिएका र्थिए ।
समितिका सदस्य शंकर भण्डारीले जनताको समस्या समाधान गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीयको गुनासाका आधारमा ठेकेदारलाई कारवाही गर्ने मागको उचित सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । अनुगमन टोलीमा सहभागी समिति सदस्य सांसद माधव सापकोटाले संसदीय समितिले काम गर्न नसक्ने निमार्ण कम्पनीसँगको ठेक्का तत्काल तोडेर अर्को निमार्ण कम्पनी छनोट गर्न निर्देशन दिएपनि किन कार्यन्वयन नभएको भन्दै सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिलाई प्रश्न गर्नुभयो ।त्यस्तै अन्य समिति सदस्यहरुले समितिको बैठक बसेर सडकको बारेमा सरकार र सडक विभागलाई आवश्यक निर्देशन दिने जनाएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमले यो ठेकेदारले काम गर्दैन ठेक्का रद्ध धरौटी जफत गर्नुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख बशुन्धरा खड्का धुलिखेल–खावा सडकले प्रहरी लगायत सो सडक भएर आवतजावत गर्ने सर्बशाधारणले भोग्नु परेको समस्या बारे संघीय संसद प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिलाई जानकारी गराउनुभयो । सडक विभागले ठेक्का तोड्न निक्कै झन्झटिलो प्रकृया हुने भएको र लागत समेत बढ्ने भएकाले सहज नभएको सडक डिभिजन कार्यालय भक्तपुर प्रमुख मेघराज मरासीनीले बताउनुभयो ।
धुलिखेल–खावासडक समयमै निर्माण नभएको भन्दै स्थानिय जनप्रतिनिधिसमेत आक्रोशित बनेका छन् । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकको काम निर्माण कम्पनीले समयमा नगर्दा निकै जीर्ण बनेको छ । उक्त सडकको काम २२ महिनाभित्र सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २०७९ जेठ २० गते सम्झौता भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com