भदौ, २४ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकारले राजदूत नियुक्ति गर्दा समावेशीमा ध्यान दिन नसकेको स्वीकार गर्नुभएको छ । सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा मन्त्री राणाले राजदूत नियुक्ति गर्दा विविध कारणले केहि कमिकमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा त्यसलाई सुधार गर्दै अघि लाने बताउनुभएको हो ।
संविधानमा समानुपातिक समावेशिता बिषय उल्लेख गरेपनि त्यसलाई कार्यान्वयनका लागि आवश्यक नियमावली र निर्देशिका बनाउदा बिशेष ध्यान दिनुपर्ने उहाले बताउनुभयो । उहाले महिला राजदूत तोक्नका लागि पनि संख्या नै स्पष्ट हुनुपर्ने जिकिर गर्नुभयो । मन्त्री राणाले सरकारले सिफारिस गरेका व्यक्तिहरुलाई पनि गहन रुपमा सुनुवाई गरेर मात्रै अनुमोदन गर्न समिति समक्ष आग्रह गर्नुभयो ।
बैठकमा समिति सदस्यहरुले एकैपटक १७ जना राजदूतको सिफारिस हुदा पनि समावेशी समानुपातीकमा सरकारले ध्यान दिन नसकेको धारणा राखेका थिए । सरकारले साउन १४ गते सरकारले विभिन्न १७ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरुको समितिले सुनुवाई समेत गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com