कार्तिक, ४ । सुनको भाउ प्रतितोला १ लाख ८० हजारसम्म पुग्ने, सुनमा लगानी गर्ने बढे अहिले मानिसहरु धमाधम सुनमा लगानी गरिरहेका छन् । सुनको भाउ निरन्तर उकालो लागिरहेपछि मानिसहरु सुनमा लगानी गर्न आकर्षित भएका हुन् ।
आज मात्रै सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । र प्रतितोला एक लाख ६५ हजार रुपैयाँ पुगेको छ । हिजो भन्दा आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ । र यही वर्षको अन्त्यसम्ममा सुनको मुल्य प्रतितोला एक लाख १ लाख ८० हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । त्यसपछि पनि सुनको भाउ घट्ने नभई स्थिर रहने अनुमान गरिएको छ । आजको दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २७२१ अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा बढेको हो ।
आँखिर किन यसरी सुनको भाउ ह्वात्ते बढिरहेको छ त ? र किन अझै बढ्ने देखिन्छ त ? किनकी यतिबेला प्रमुख दुई कारणले सुनको भाउ बढीरहेको छ । पहिलो– मध्यपूर्वी युद्ध र दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितता हो । ‘जब जब अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ, यतिबेला मध्यपूर्वी युद्धको तनाव छ, अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको छ। रोयटर्सले भनेको छ । दोस्रो– अमेरिकामा घट्दो ब्याजदरले पनि सुनको मूल्य बढाउन सहयोग गरिरहेको छ ।
अमेरिकी केन्द्रीय बैंकले अब ब्याजदर घटाउँदै लैजाने रणनीति लिएको छ, यसले गर्दा सुनको माग बढेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो । अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गरिरहेका छन् । लण्डन बुलियन मार्केट एसोसिएसनले सुनको मूल्य आगामी १२ महिनाभित्र प्रतिऔंस २९४१ डलरसम्म पुग्ने अनुमान गरेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ । लण्डन बुलियन मार्केट एसोसिएसनको अनुमान मान्ने हो भने नेपाली बजारमा तोलाको १ लाख ७८ हजार रुपैयाँ एक वर्षभित्रै पुग्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com