कार्तिक, ५ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक उल्लंङ्घन रेकर्ड सिस्टम (टिभिआरएस) को ई–चलान कार्यान्वयनमा ल्याएको छ । ट्राफिक चेकिङको क्रममा नागरिक एपबाटै सवारी चालक अनुमतिपत्र देखाउनसकिने र ट्राफिक उल्लंघन गरेमा चिटको जरिवाना समेत तत्काल एपमार्फत तिर्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरले यातायात क्षेत्र प्रविधिमैत्री हुदै गएको अवस्थामा ट्राफिक प्रहरीको कामकारवाही पनि क्रमश प्रविधिमैत्री बनाउदै लगिएको जानकारी दिनुभयो । नागरिकलाई सहज सेवा प्रवाहका लागि ट्राफिक प्रहरीलाई आवश्यक उपकरण समेत हस्तान्तरण भइरहेको उहाले बताउनुभयो । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था नै इ–चलान भएको ट्राफिक प्रहरीले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com