कार्तिक, ५ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफुले धेरै योगदान दिएपनि आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताउनुभएको हो ।
उहाले नेकपा एमाले निर्माणमा ७५ प्रतिशत आफ्नो भूमिका रहेको उल्लेख गर्नुभयो । गौतमले एमाले निर्माणदेखि देशका लागि लामो समय काम गरेको अनुभव र अध्ययनका आधारमा प्राकृतिक प्रकोपको जोखिमबारे राष्ट्रियसभामा बोल्दा पनि सरकारले गम्भीरता नलिएकाले अहिले धेरै क्षति भएको जिकिर गर्नुभयो ।
उहाले पहिरोमा परि त्रिशुलीमा दुईवटा बस बगाएपछि आफुले राष्ट्रिय सभामा त्यसपछिको दुई महिनामा सडक बन्द गर्न सुझाव दिएपनि सरकारले त्यसलाई नसुनेको बताउनुभयो । विश्वका क्षमतावान बिज्ञहरुलाई बोलाएर पहिरोका बारेमा पूर्णमूल्याङ्कन र पहिरो रोकथाम गर्न आफुले यसअघि नै सुझाव दिएको उहाले बताउनुभयो । तर आफ्नो सुझावलाई सरकारले गम्भीरतापूर्वक नलिएको उहाको गुनासो छ ।
उहाले आफुले प्रयाप्त अध्ययन गरेर नै बाढीपहिरोका बारेमा बोलेको उल्लेख गर्नुभयो । त्यस्तै गौतमले सहकारीका कारण भ्रष्टाचार व्याप्त देखिएकाले सहकारी दुरुपयोगमा संलग्नलाई निर्मम तवरले कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाले कुनै पार्टी वा व्यक्ति नहेरि सहकारी प्रकरणका दोषीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com