राहुल गुप्ता बारा, आईतबार ११ । नेपाली कांग्रेस बारा जिल्ला सचिव राजेश रौनियारले शनिबार राति बृद्धलाई हत्या गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्नुभएको छ ।
नेपाल विद्यार्थी संग बाराले दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो माग गर्नुभयो । उहाँले पछिल्लो समय बारा जिल्लाको सुरक्षाबारे आफुहरु गम्भिर रहेको भन्दै यसमा सबै संवेदनशिल हुन आग्रह गर्नुभयो ।
केहि दिन अघि महागढीमाई नगरपालिका १ बस्ने ६० बर्षीय श्रीनारायण यादवको धारिलो हतियार प्रहार गरी विभत्स हत्या भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com