कार्तिक, १२ । धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु गरेको छ । बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिनुभयो । सुनको असर्फि भने मंगलबार एकदिनमात्रै विक्रि गरिने उहाले बताउनुभयो ।
बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाइ मेडालियनको दर २२ सय रुपैया तोकेको छ भने गाइ मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैया तोकिएको पोखरेलले बताउनुभयो । सुनको असर्फि नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने उहाले जानकारी दिनुभयो । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक बर्ष सुन र चाँदीका सिक्का विक्रि बितरण गर्दै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com