कार्तिक, २२ । ललितपुरको पाटनमा ऐतिहासिक कार्तिक नाच बुधबाररातीबाट सुरु भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा कार्तिक नाच सुरु भएको हो । ३ सय ८३ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ । सो क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ ।
आउँदो कार्तिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लिलाअनुसारका नाच देखाइन्छ । नेपाल संवत् ७६१ अर्थात् वि.सं.१६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका बासिन्दालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यो नाच शुरूमा पाँच दिन प्रदर्शन भएको थियो ।
सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’र ‘सुरदास प्याखँ’थपेर यसलाई १५ दिन पुराएको संस्कृतिविद्को भनाइ छ । अहिले बिभिन्न कारणले कात्तिक नाचलाई १० दिनमा मात्रै सीमित गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com