कार्तिक, २३ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका महत्त्वपूर्ण पदमा नियुक्ति गर्न थालेका छन्। ट्रम्पले आफ्नो चुनावी अभियानकी वरिष्ठ सल्लाहकार सुजी वाइल्सलाई चीफ अफ स्टाफ नियुक्त गरेका हुन्।
अमेरिकामा वाइल्सलाई प्रभावशाली नेत्री मानिन्छ। देशको इतिहासमा उक्त पदमा पुग्ने उनी प्रथम महिला हुन्। रिपब्लिकन पार्टीका दुई चुनावी व्यवस्थापकमध्येकी एक वाइल्स ट्रम्पले नियुक्त गर्न पाउने पदाधिकारीमध्ये प्रथम व्यक्ति हुन्।
सुजी वाइल्स को हुन्
चुनावी अभियानमा वाइल्सले निभाएको भूमिकाको ट्रम्पले आफू निर्वाचित भएपछिको पहिलो भाषणमा प्रशंसा गरेका थिए। अमेरिकी सञ्चारमाध्यमहरूले सुजीलाई “अरूले निकै कम थाहा पाएका र डर मान्ने ” राजनीतिज्ञ भनेका छन्। उनले राजनीति सुरु गरेको एक वर्ष पनि नपुग्दै सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार रोनल्ड रेगनको चुनावी अभियानमा काम गरेकी थिइन्।
सन् २०१० मा उनले राजनीतिबारे निकै कम जानकार रहेका अमेरिकी तत्कालीन व्यवसायी रिक स्कटलाई सात महिनामै फ्लोरिडाको गभर्नर बनाउन महत्त्वपूर्ण भूमिका खेलिन्। स्कट अहिले अमेरिकी माथिल्लो सदनमा सिनेटर छन्। ट्रम्पसँग उनको भेट सन् २०१५ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्ने प्रक्रियाका क्रममा भयो। उनी फ्लोरिडाको चुनावी अभियानको सह(अध्यक्ष भइन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com