कार्तिक, २५ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन थालेको छ ।
नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि गौतमबुद्ध विमानस्थलमा चहलपहल देखिन थालेको छ । निर्माण सम्पन्न भएको लामो समयपछि उक्त विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर, फ्लाई दुवइ लगाएतले अन्तराष्ट्रिय उडान भरेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अव नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुने जानकारी दिनुभयो । उहाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भएपछि सवैमा उत्साह जागेको र खुसी छाएको बताउनुभयो । आगामी दिनमा अझ गतिका साथ विमानस्थल सञ्चालन हुने उहाले बताउनुभयो ।
२०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । काठमाडौंको त्रिभुवन विमानस्थल स्तरोन्नतीका लागि दैनिक १० घण्टा बन्द भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान नियमित हुन थालेको हो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम चूस्त अवस्थामा रहेको महाप्रवन्धक तिवारीले बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com