कार्तिक, २५ । नेपालमा नौ महिना लामो प्रतिबन्धको सामनासमेत गरेको टिकटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा औपचारिक रूपमा सूचीकृत भएसँगै अन्य सामाजिक सञ्जालहरूले के गर्लान् भन्ने चासो व्यक्त भइरहेको छ।
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार त्यस्ता प्लेटफर्म सञ्चालकले अनिवार्य रूपमा मन्त्रालयमा सूचीकरण गराउनुपर्ने व्यवस्था छ।
हालसम्म नेपालमा टिकटकसहित तीनवटा सामाजिक सञ्जाल तथा एपहरू मात्र सूचीकृत भएको अधिकारीहरूले जानकारी दिए। गत मङ्गलवार टिकटक आधिकारिक रूपमा सूचीकृत हुनुअघि भाइबर र वीटक सूचीकृत भएका थिए। यद्यपि नेपालमा प्रयोग भइरहेका सामाजिक सञ्जाल तथा सर्च इन्जिनलगायतका कैयौँ प्रविधि कम्पनीहरू कर प्रणालीमा भने यसअघि नै दर्ता भइसकेको अधिकारीहरू बताउँछन्।
तीन वर्षअघिको बजेटमार्फत् सरकारले त्यस्ता प्रविधि कम्पनी सञ्चालकहरूलाई करको दायरामा ल्याउने घोषणा गरेसँगै गुगल, मेटा, माइक्रोसफ्टलगायतका कैयौँ कम्पनी कर प्रणालीमा दर्ता भएका थिए। bbc
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com