कार्तिक, २७ । म्याग्दीको तातोपानी कुण्डमा प्राकृतिक उपचारको लागि जानेहरुको सँख्या दिन प्रति दिन बढ्दै गएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका ४ मा रहेको सिंगा तातोपानीमा बिभिन्न रोगको उपचारको लागि सर्वसाधारणहरु पुग्ने गरेका छन् । २०४२ साल भन्दा अगाडी अब्यस्थीत रुपमा रहेको तातोपानी कुण्ड २०४५ साल देखि ब्यबस्थीत रुपमा बिकास हुदै गए पछी अहिले हजारौको सख्यामा सर्वसाधारणहरु पुग्ने गरेका छन् ।
पहिला माघ फागुन चैतमा मात्र आन्तरिक पर्यटकहरु कुण्डमा आउने गरेकोमा अहिले बार्है महिना तातोपानी कुण्डमा डुबेर बस्न आउने गरेको तातोपानी कुण्ड ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । उक्त कुण्डमा उपचारको लागि आउनेहरु सग लिएको प्रबेश शुल्कले कुण्ड ब्यबस्थापन कर्मचारी तलब र सोही स्थानमा रहेको सरस्वती माध्यमिक बिधालय संचालनको लागि खर्च हुने गरेको उहाले बताउनुभयो ।
कुण्डमा स्नान गर्न आउनेहरु बाट बार्षीक ४० देखि ४५ लाखको हाराहारी रकम उठ्ने गरेको छ । उक्त तातोपानीको पानी परीक्षण गर्दा बिरेनुन गन्धक सहित १२ प्रकारको तत्व रहेको पाईएको अध्यक्ष खड्काले बताउनु भयो । उक्त पानीमा डुबेर बस्दा ग्यास्ट्रीक बाथरोग ढाड दुख्ने समश्या र छाला लागएत बिभिन्न रोग निको हुने बिश्वास रहेको छ ।
तातोपानी कुण्डमा डुबेर बस्दा बिभिन्न रोगको निको हुने सुनेर आएको र डुबेर बस्दा रोग निको हुदै गएको काभ्रेका दिपकराज पन्तले बताउनु भयो । उक्त कुण्डमा उपचारको लागि बर्षेनी आउने गरेको बाग्लुङका होमनाथ उपाध्यायले बताउनुभयो । प्राकृतिक सम्पदाको रुपमा रहेको तातोपानी कुण्ड ब्यबस्थापन र सरक्षणको लागि हाल सम्म सरकारबाट सहयोग नभए पनि दाताहरु र स्नान गर्न आउनेहरुबाट उठाईएको प्रबेश शुल्क यसको ब्यबस्थापन हुदै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com