कार्तिक, २९ । अजरबैजानमा आयोजित विश्व जलवायु सम्मेलन ९सीओपी२९०मा दर्जनौँ राष्ट्रका जलवायुविज्ञहरू कार्बन उत्सर्जनलाई घटाउने नयाँ उपायबारेमा छलफल गर्दै छन्।
यसले आगामी वर्षहरूमा तापक्रम बढ्ने क्रमलाई सीमित पार्ने आशा गरिएको छ। त्यसबाट जलवायु परिवर्तनको दुष्प्रभाव विश्वलाई जोगाउन सकिने ठानिएको छ।
यद्यपि डोनल्ड ट्रम्प अमेरिकामा राष्ट्रपति निर्वाचित भएसँगै अन्तर्राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी सम्झौताबाट अमेरिका पछि हट्ने ठानिएको छ। आफ्नो पहिलो कार्यकालका बेला पनि उनले त्यसै गरेका थिए। त्यसो भएमा अमेरिकाले गर्ने उत्सर्जनमा नाटकीय वृद्धि हुन सक्ने ठानिएको छ। ट्रम्पको शासनकालमा जलवायुनीति कसरी फेरिन सक्छरु
ट्रम्प जलवायु परिवर्तन अस्वीकार गर्छन्। उनले यो विषयलाई “भ्रामक” र “अस्तित्वहीन” भन्दै आएका छन्। ९तर कुनै बेला उनले यसलाई “गम्भीर विषय” पनि भनेका थिए।०
सन् २०१७ मा आफ्नो पहिलो शासनकालका बेला ट्रम्पले अमेरिकालाई प्यारिस जलवायु सम्झौताबाट अलग्याउने निर्णय गरे। उक्त सम्झौताका कारण अमेरिकाले उत्सर्जन गर्न पाउने हरितगृह ग्यासको परिमाणमा हदबन्दी लागेको थियो।
तर ट्रम्पको कार्यकाल सकिनुभन्दा केही महिनाअघि सन् २०२० मा मात्र अमेरिका उक्त बाध्यकारी सम्झौताबाट बाहिरिन पायो। जो बाइडन राष्ट्रपति बनेपछि अमेरिकाले फेरि उक्त सम्झौतामा हस्ताक्षर गर्यो।
ट्रम्पले फेरि प्यारिस सम्झौता परित्याग गर्न सक्न ठानिएको छ। यसपालि एक वर्षभित्रै त्यसो हुन सम्भव छ। bbc
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com