मंसीर, ५ । सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
सहकारी बचतकर्ताको रकम लुटिएको भन्दै उनीहरुले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारले आफुहरुसंग यसअघि गरेको सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन् ।
सहकारी पीडितहरुको निर्णायक आन्दोलन भन्दै आयोजना गरेको प्रदर्शनका सहभागीहरुले पीडितहरुको बचत फिर्ता सुनिश्चित गर, सहकारीको हालको ऐन खारेज गर, सहकारी समस्या छिटो समाधान गर लगाएका प्लेकाड प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न राजनीतिक दलका नेता लगाएत सवै गम्भीर हुनुपर्ने बताउनुभयो । माइतिघरमा प्रदर्शन गरेपनि सहकारीपीडितहरु प्रदर्शन गर्दै नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । सो क्रममा प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com