मंसीर, ११ । पर्यटकीय नगरी सौराहामा पौष दोश्रो साता १८ औंँ चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौष ११ देखि १५ गतेसम्म सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्न लागेको जनाएको हो ।
सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुराँ एण्ड बार एशोसिएसन नेपालको सहआयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवका कारण हरेक बर्ष २५ देखि ३० प्रतिशत पर्यटनहरुको आगमनमा बृद्धि हुने गरेको आयोजकले जनाएको छ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गत बिभिन्न गतिविधिमा ८० वटा हात्ती सहभागी हुने क्षेत्रिय होटल संघ चितवन सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो । महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी गराउनुका साथै स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com