काठमाडौं , गृह मन्त्रालयले ७७ वटै जिल्लामा गरेको तीन महिने कार्यसम्पादन मुल्यांकनमा डडेलधुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको छ । २९.५ पुर्णांक रहेको मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेलधुराले २९.०७५ अंक ल्याउन सफल भएको छ । डडेलधुराका प्रमुख जिल्ला अधिकारी चौमेन्द्र न्यौपाने छन् । गत बैशाखमा उनी डडेलधुराका लागि प्रमुख जिल्ला अधिकरी बनेका थिए । गृहमन्त्रालयले सार्वजनिक गरेको सुचीमा दोस्रो नम्बरमा पाल्पा जिल्ला रहेको छ ।
गृह मन्त्रालयले मातहतका जिल्ला प्रशासन कार्यालयहरुको कार्य सम्पादनका लागि ६० भन्दा बढि सुचकहरु तयार पारेको थियो । जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुरक्षा योजना, कारागारको सुरक्षा, स्थानीय तहमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, राजमार्ग अवरोधरहित संचालन गर्ने कार्यायोजना निर्माण र कार्यान्वयनका विषयहरु सुचकका रुपमा रहेका थिए । यस्तै अन्तर्राष्ट्रिय सीमा सुरक्षा, मुद्याहरुको फस्र्याेट गर्ने काम, द्धन्द पीडितहरुको राहत वितरण तथा भत्ता वितरण, नागरिकता तथा पासपोर्ट वितरण, राजस्व चुहावट नियन्त्रणका विषय पनि मुल्यांकनको सुचकमा थिए ।
यस्तै उपभोक्ताहित बजार अनुगमन, लागुऔषध नियन्त्रण, विपत जोखिम न्युनिकरण लगायतका विषय पनि समावेश रहेको गृहमन्त्रालयले जनाएको छ । यी सुचकहरुमा सर्वाेत्कृष्ट काम गरेको भन्दै डडेलधुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको प्रजिअ न्यौपानेले जानकारी दिएका छन् । गत बैशाखमा न्यौपाने डडेलधुरामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका थिए ।
नेपाल सरकारका उपसचिव चौमेन्द्र न्यौपाने निजामति सेवामा २०६० सालमा प्रवेश गरेका थिए । २०६३ सालबाट निरन्तर गृह मन्त्रालय अन्तर्गत कार्यालयहरुमा सेवारत रहेका न्यौपानेले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी हुँदै कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निभाएका थिए । यस्तै रसुवामा पनि प्रमुख जिल्ला अधिकारी भइसकेका न्यौपानेले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा निर्देशकका रुपमा काम गरिसेका छन् । डडेलधुरामा प्रमुख जिल्ला अधिकारी हुनु अघि न्यौपाने झापामा सहायक प्रमुख जिल्ला अधिकारी थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com