मंसीर, १३ । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
चीन प्रस्थान गर्नुअघि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै मन्त्री राणाले बीआरआईमा दलहरुबीच कुनै मतभिन्नता नरहेको र मिडियाले विवाद सिर्जना गरेको बताउनुभयो ।
उहाले उहाले परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने भन्दै त्यहि अनुसार नै बीआरआइका बिषयमा निर्णय लिक्ष्ने जिकिर गर्नुभयो । भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com