मंसीर, १५ । काठमाडौंको चन्द्रागिरिका स्थानियले उचित क्षतिपूर्ति नपाए सम्म सुरूङ्गमार्गको काम अघि बढ्न नदिने भएका छन् । सुरुङ्ग मार्ग निमार्णको क्रममा घरहरुमा समस्या आएको, चिरा परेको र पानी सुकेको भन्दै स्थानीयहरुले आक्रोसित भएका छन् । उनीहरुले हिजो प्रदर्शन समेत गरेको थिए । एक सातायता स्थानीयहरूले उचित क्षतिपूर्ति पाउनु पर्ने भन्दै सुरूङ्ग मार्गको काम ठप्प पारेका हुन् ।
पटक पटक सरकारले वार्ता, भेटघाट तथा आस्वासन देखाए पनि आयोजनाले मागको सुनुवाई गरेको स्थानीयले बताए । चन्द्रागिरि नगरपालिकाले स्थानीय जनताको माग प्रति सकारात्मक तवरले सहजिकरण नगरेको उनीहरु रुष्ट बनेका छन् । आयोजनाले भने स्थानीय अवरोधका कारण निर्माण कार्यमा ढिलाई भईरहेको जनाएको छ । हालसम्म आयोजना सम्पन्न भईसक्नु पर्नेमा ८२ प्रतिशत काम सकिएको छ भने दैनिक १२० मिटर ढलान हुनु पर्ने काम पनि रोकिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com