मंसिर । विश्वभरि चर्चित हस्तीहरू र सर्वसाधारण मानिसले तौल घटाउनका निम्ति दुब्लाउने सुईु प्रयोग गर्न थालेका छन्। ओजेम्पिक र विगोभी नामक ब्र्यान्डका औषधिले धेरै मानिसहरूलाई तौल घटाउन पनि सघाएको छ। ती सेमग्लुटाइड वर्गका औषधि हुन्। वीवीसीका अनुसार केही मानिसले यसबारे राम्रो प्रभाव पाए पनि केहीले जीवन नै जोखिममा पार्ने स्तरको गम्भीर दुष्परिणाम पनि भोग्नुपरेको छ।
अनलाइनमा तौल घटाउने औषधिको बिगबिगी पनि बढ्न थालेको छ। छिटो तौल घटाउन त्यस्ता सामग्रीको प्रयोग गर्दा मानिसहरूको स्वास्थ्य जोखिममा पर्ने गरेको छ। ुविगोभीुले चीनमा हालै मात्रै अनुमति प्राप्त गरेको छ। चीनमा तौल घटाउने यस्ता औषधिको ठूलो कारोबार हुन्छ। त्यहाँ इन्फ्लुअन्सरहरूले सामाजिक सञ्जालमार्फत् यसको प्रवर्धन गर्छन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com