मंसिर, नेपालका धेरै स्थानमा हल्का देखि मध्यम हिमपात एवं वर्षाको सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागले भूमध्य सागरमा उत्पन्न भएको पश्चिमी न्यून चापीय प्रणालीका कारण तापक्रममा समेत गिरावट आउनसक्ने भन्दै चिसो बढ्नसक्ने सम्भावना औँल्याएको छ।
उक्त प्रणाली सोमबार रातिसम्म नेपालमा सक्रिय रहने भनिएको छ। साथै अधिकारीहरूले वर्षा, हिमपात र चिसोका कारण दैनिक जनजीवन, पर्वतारोहण र हवाई यातायात जस्ता क्षेत्रमा असर देखा पर्न सक्ने भन्दै पूर्व तयारी र सतर्कता अपनाउन अनुरोध गरेका छन्। विभागले शनिवार बिहान जारी गरेको तीन दिने मौसम बुलेटिनका अनुसार आइतबार राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखी मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बाग्मती र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।
त्यसबाहेक सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा र बाग्मती एवं कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का देखि मध्यम हिमपात हुने जनाइएको छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com