मंसिर, २५ । ग्रामीण पर्यटन प्रवर्द्धन मञ्च भिटोफ नेपालले धादिङ, जिल्लाको बेनीघाट रोराङ गाउँपालिका ८ अवस्थित चैलिङ गाउँमा दुई दिने पर्यटकीय अवलोकन भ्रमण गर्ने भएको छ । चैलिड. गाउँलाई होमस्टेको रुपमा प्रचारप्रसारसँगै पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले भिटोफले आगामी बिहिबार र शुक्रबार अवलोकन भ्रमण गर्न लागेको भिटोफका अध्यक्ष सकुन्तला देवकोटाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो ।
पर्यटन व्यवसायी तथा विज्ञहरु र पत्रकारहरुको टोलीसहित अवलोकन भ्रमण गर्न लागेको हो । यो कार्यक्रमका लागि रोराङ गाउँपालिकासँग समन्वय गरेको भिटोफका उपाध्यक्ष मनमनहरी दाहालले बताउनुभयो । अवलोकन भ्रमणका क्रममा भिटोफ र गाउँपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनका साथै स्थानीय संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम र ग्रामिण पर्यटन प्रबद्र्धनका सन्दर्भमा प्रशिक्षण हुनेछ । भिटोफ नेपालले ग्रामीण पर्यटनको विकास विस्तार तथा सुधिढीकरणको काम गर्दै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com