मंसिर, २६ । प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुबोधले जलवायु परिवर्तनको असरले हिमाली र पहाडी क्षेत्रको अस्तित्व एवं जीवनशैलीलाई नै चुनौती दिइरहेको बताउनुभएको छ । सांसद सापकोटाले जलवायु परिवर्तन र यसको गम्भीर प्रभावहरूको पक्षमा निरन्तर पैरवी गर्दै आएको बताउँदै अब यसको समाधानका लागि छलफल र पैरवीले मात्रै नपुग्ने बताउनुभयो ।
सापकोटाले गौरिशंकर हिमालको तस्बीर पोष्ट गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘निर्वाचन क्षेत्रको लिसंखु पाखर गाउँपालिकामा मतदाता,पार्टी नेता तथा कार्यकर्ताहरु भेटघाटका क्रममा थिएँ । नेपालको समय मानक गौरिशंकर हिमाललाई नियाल्दा हिउँले ढाकिएको शिखरको साटो केवल हिउँविहीन काला पहाडहरूमात्रै देखिए। यो दृश्यले जलवायु परिवर्तनका भयावह प्रभावलाई उजागर गर्दछ ।’
‘म संसद, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन र यसको गम्भीर प्रभावहरूको पक्षमा निरन्तर पैरवी गर्दै आएको छु। यो दृश्यले हामीकहाँ समस्या छलफल र पैरवीले मात्रै नपुग्ने अवस्थामा पुगिसकेको छ । यसले हाम्रो हिमाली र पहाडी क्षेत्रको अस्तित्व एवं जीवनशैलीलाई नै चुनौती दिइरहेको छ । हाम्रो पुस्ताले आउने पुस्ताका लागि निर्वाह गर्नु पर्ने जिम्मेवारी नभुलौं ’ सांसद सापकोटाले भन्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com