पुष, १ । ललितपुर महानगरपालिकाले नगरका बिभिन्न स्थानमा इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरेको छ । १०६ औं स्थापना दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित एककार्यक्रमकाबीच इन्टेलिजेन्स ट्राफिक लाइटको उद्घाटन गरिएको हो ।
महानगरमा जडान गरिएको इन्टेलिजेन्स ट्राफिक लाइट नेपालकै पहिलो भएको ललितपुर महानगरका महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । नयाँ प्रविधिको लाइटले बढि पाँच हुने स्थानमा स्वचालित रुपमा नै समय निर्धारण गरेर जाम खुलाउने उहाले बताउनुभयो । महानगरले पहिलो चरणमा पुल्चोक, जावलाखेल र कान देवतास्थानमा इन्टेलिजेन्स ट्राफिक लाइट गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com