पुष । बिभिन्न परियोजनाका लागि एसियाली विकास बैंक(एडीबी)ले एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजना, समावेशी विकास कार्यक्रम, काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत प्रसारण र वितरण सुदृढीकरण परियोजनाका लागि एडीबीले ६ अर्ब ५२ करोड अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको हो । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गर्नुभयो ।
सो क्रममा सचिव घिमिरेले नेपालको सामाजिक आर्थिक विकासमा एडिबीबाट प्राप्त सहयोग निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाले आयोजनालाई समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अपेक्षित नतिजा सुनिश्चित गर्न सम्बन्धीत निकायलाइ आग्रह गर्नुभयो । एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडीबीको निरन्तर सहयोग हुने बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com