पुष । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही गर्न सिफारिस गरेको छ । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौ भ्यू टावरको प्रक्रिया पुरा नगरि नक्सा स्वीकृति गरेको भन्दै महानगरले गुरागाईँमाथि कारबाही गर्न सिफारिस गरेको हो । गुरागाईँमाथि थप अनुसन्धान गरि कारवाहीका लागि सम्बन्धीत निकायमा सिफरिस गरिएको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
शुक्रबार महानगरमा पत्रकार सम्मेलन गर्दै मानन्धरले भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिएको बताउनुभयो । यस विषयमा थप छानविन गरी नियमविपरीत कार्य गर्ने जो कसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने उहाको भनाइ छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com